Kathmandu Press

राना थारू सङ्ग्रहालय भवन निर्माण अलपत्र

कञ्चनपुर, भदाै २५ : शुक्लाफाँटा नगरपालिका–१२ मा निर्माण थालिएको राना थारू सङ्ग्रहालय भवन निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ। राना थारू समुदायको...
राना थारू सङ्ग्रहालय भवन निर्माण अलपत्र

कञ्चनपुर, भदाै २५ : शुक्लाफाँटा नगरपालिका–१२ मा निर्माण थालिएको राना थारू सङ्ग्रहालय भवन निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ।
 
राना थारू समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय भवन तीन वर्षअघि निर्माण सुरु गरिएको थियो। सङ्ग्रहालय निर्माणका लागि बजेट अभाव हुँदा दुई वर्षदेखि निर्माणकार्य अगाडि बढ्न सकेको छैन।

भवन निर्माणका लागि सुरुमा नगरपालिकाले रु १७ लाख रकम विनियोजन गरेर काम अघि बढाइए पनि अझै भवन निर्माण पूरा गर्न रु १० लाख बजेट आवश्यक पर्ने देखिएको छ।

Hardik ivf

'बजेट अभाव हुँदा भवनको छत ढलान गर्न सकेका छैनौँ,' वडाध्यक्ष नवलसिंह रानाले भने, 'नगरपालिका र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ, बजेटको व्यवस्था भए चालु आवमै भवन निर्माणको कार्य पूरा हुन्छ।'
 
भवन निर्माण भएपछि राना थारूसँग सम्बन्धित संस्कृति, रहनसहन, वेषभूषा, गहनालगायतका सामग्री सङ्ग्रहित गरिने उहाँले बताउनुभयो। सङ्ग्रहालयको अढाइ बिघा जग्गामा रक्तचन्दनका दुई सय५०, श्रीखण्डका दुई सय ५०, रुद्राक्षका २०, कपुरका ४० र विभिन्न प्रजाति आँपका एक सय बिरुवा रोपण गरिएको छ।

सङ्ग्रहालय क्षेत्रमै धार्मिक तथा सांस्कृति कार्यक्रम आयोजना गर्नका लागि मञ्च तयार गर्ने, सत्सङ्ग भवन निर्माण गर्ने, स्वयम्वर घर निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालन गर्नेलगायतका योजना वडा कार्यालयले अघि सारेको छ।

'भौतिक संरचना निर्माणका लागि विभिन्न दातृ संस्थासँग लगानीका लागि रकमको माग गरेका छौँ,' वडाध्यक्ष रानाले भने, 'धेरै ठाउँबाट अश्वाशन पाइएको छ। आवश्यक बजेटको व्यवस्था हुनासाथ निर्माणकार्य अगाडि बढाउँछौँ।' 

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, भदौ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्