Kathmandu Press

साँगाका ३४६ घरपरिवारलाई खानेपानी

काभ्रेपलाञ्चोक, भदाै २५ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ र १४ का बासिन्दालाई स्वच्छ खानेपानी वितरण गरिएको छ।खानेपानीको समस्या रहेको यहाँका बासिन्दालाई विभिन्न दातृ निकायको...
साँगाका ३४६ घरपरिवारलाई खानेपानी

काभ्रेपलाञ्चोक, भदाै २५ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ र १४ का बासिन्दालाई स्वच्छ खानेपानी वितरण गरिएको छ।

खानेपानीको समस्या रहेको यहाँका बासिन्दालाई विभिन्न दातृ निकायको सहयोग तथा स्थानीय उपभोक्ताको संयुक्त आयोजनामा साँगाकोट खानेपानी जल उपभोक्ता समितिले डिपबोरिङ खानेपानी परियोजना सम्पन्न गरी दुई वडाका तीन सय ४६ घरपरिवारलाई खानेपानी वितरण गरिएको हो।
 
अटोनोमस प्रोभिन्स अफ बोल्जानो इटाली, प्रो नेपाल इटाली र आपसको निम्ति समाज नेपालको सहयोगमा सो परियोजना सम्पन्न भएर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका संयोजक जीवन श्रेष्ठले बताए। खानेपानी आयोजनाको आज भएको उद्घाटन कार्यक्रममा संयोजक श्रेष्ठले तीन वर्ष अगाडि सुरु गरिएको आयोजना कोभिड–१९ को प्रभावका कारण ढिलो सम्पन्न भएको जानकारी दिए।

Hardik ivf

‘शुद्ध पिउने पानी आजको आवश्यकता, सहज उपलब्धता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ ‘एक घर, एक धारा’ अभियानअन्तर्गत अहिले तीन सय ४६ घरपरिवारलाई स्वच्छ पिउने पानी वितरण गर्न सफल भएको छ। संयोजक श्रेष्ठले भने, 'पानीको मुहान र ट्याङ्की निर्माणको क्षमताअनसुार करिब छ सय घरपरिवारलाई वितरण गर्न सकिने भएकाले बाँकी घरहरूलाई बजेट र आवश्यक व्यवस्थापनको काम सम्पन्न गर्दै वितरण गर्दै जानेछौँ।'

साँगा आसपासका इटाचा, दिपडोल र गोसिन्चा गाउँमा थप बजेटको व्यवस्थापन गर्दै पाइप र धारा जडान गरी पानी वितरण गर्ने जनाएको छ। रु एक करोड ५१ लाख १९ हजार आठ सय ६८ लागतमा सो आयोजना सम्पन्न भएको हो।

सम्पन्न भएको आयोजनाले टाढा–टाढाबाट पानी बोकेर दैनिक घर चलाउने महिलाका लागि अझ थप सहज भएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले शुभकामना सन्देशमार्फत आयोजना पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन्।

साँगाका स्थानीय समाजसेवी प्रचण्डराज प्रधानले दातृ निकायको सहयोगमा साँगावासीलाई पिउनेपानी उपलब्ध गराउन धेरै कष्ट गरेर सफल भएको बताए। पानीको मुहान तल र बस्तीमाथि भएकाले बोरिङ गरी वितरण गरेको पानीलाई थप शुद्धीकरणका लागि प्रशोधन केन्द्र निर्माण गरी वितरण गर्न आवश्यक रहेकाले त्यसका लागि नगरपालिकाबाट सहयोग गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्