Kathmandu Press

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो

सिन्धुली, भदाै २५ : सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ। बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन्। वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ। 

कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो। दुधौली नगरपालिका–१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए। विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन्।

चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ को विद्युत् विस्तार थालिएको हो। भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको खड्काले बताए।

नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ। बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत् विस्तारको पहल भइरहेको उनले बताए। 

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्