Kathmandu Press

चीनले ‘सेफ्टी अडिट’ नगर्ने, ग्वान्झाओ उडान पनि अन्योलमा

काठमाडौं, मंसिर १८ : नेपाल वायुसेवा निगमलाई चीन उडानका लागि ६ वर्षदेखि अल्झाइरहेको चीनले अब ‘सेफ्टी अडिट’ पनि नगर्ने भएको छ। यसअघि ‘....

चीनले ‘सेफ्टी अडिट’ नगर्ने, ग्वान्झाओ उडान पनि अन्योलमा

काठमाडौं, मंसिर १८ : नेपाल वायुसेवा निगमलाई चीन उडानका लागि ६ वर्षदेखि अल्झाइरहेको चीनले अब ‘सेफ्टी अडिट’ पनि नगर्ने भएको छ। यसअघि ‘सेफ्टी अडिट’पछि मात्रै अनुमति दिने बताएको चिनियाँ सिभिल एभिएसनले अहिले ‘सेफ्टी अडिट’ नगर्ने खबर पठाएको हो।

चिनियाँ सिभिल एभिएसनले नेपाल वायुसेवा निगमलाई सेफ्टी अडिटपछि मात्रै चीन उडानको अनुमति दिने बताउँदै आएको थियो। त्यसका लागि निगमले सबै तयारी गरेपछि सेफ्टी अडिट नगर्ने जानकारी पठाएको हो।

Hardik ivf

निगमका सहप्रवक्ता सुलेश मिश्रले चीनका तर्फबाट ‘सेफ्टी अडिट’ रोकिएको भन्ने जानकारी आएको बताए। ‘केही महिनाअघि अडिटपछि मात्रै अनुमति दिइने भनेर पत्र आएको थियो। पत्रअनुसार हामीले सम्पूर्ण तयारी गरेका थियौँ, तर अहिले नआउने भन्ने खबर आएको छ,’ सहप्रवक्ता मिश्रले भने।

केही दिनअघि निगमको आग्रह अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि आग्रह गरेको थियो।

चिनियाँ सिभिल एभिएसनको दोहोरो कुराले गर्दा चीन उडान हुन सकेको छैन। चीनले ग्वान्झाओ उडानको प्रारम्भीक अनुमति दिएपछि सेफ्टी अडिटको विषय निकालेको थियो।

अहिले त्यो पनि रोकिएपछि ग्वान्झाओ उडानको मिति पनि तोकिएको छैन। यसका लागि निगमले आन्तरिक तयारी भने पूरा गरेको छ। उडानको मिति निश्चित नभएपनि निगमले सबै आन्तरिक तयारी पूरा गरेको सहप्रवक्ता मिश्रले बताए।

निगमले सन् २०२० देखि चीन उडान गर्ने तयारी गरेको छ। यसका लागि सन् २०१४ देखि नै चीनसँग अनुमति माग्दै आएको छ।

प्रकाशित मिति: १३:५७ बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्