Kathmandu Press

बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी, भदाै २५ : बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन्। यहाँको जिल्ला अस्पताल, प्राथमिक...
बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडी, भदाै २५ : बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन्। यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए। 

जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको छ। पहिलेको तुलनामा केही दिनयता यहाँका स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको छ।

Hardik ivf

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो। केही दिनयता भाइरल ज्वरो निकै बढी देखिन थालेको छ। भाइरल ज्वरोबाट बालबालिका बढी सताइएका छन्। 

अहिले प्रत्येक गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका पाटन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।  

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए।

ज्वरोका बिरामीहरुमा अन्य सङ्क्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिँदै उनले ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने हुँदा स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने सुझाव दिए।

वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा।श्रेष्ठको आग्रह थियो। पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन्।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्