थप १६३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, भदाै २५ : पछिल्लाे २४ घन्टामा नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ७ सय...
काठमाडाैं, भदाै २५ : पछिल्लाे २४ घन्टामा नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टिजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय ३० जना निको भएका छन्।
हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:५६ बजे, शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












