Kathmandu Press

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

वासिङटन, भदाै २५ : अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन्।पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा...
राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

वासिङटन, भदाै २५ : अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन्।

पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन्। 

बेलायतका राजा चार्ल्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए। 'म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको  छैन। मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,' ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारमाझ भने। 

राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लन्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ।

शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए।

प्रकाशित मिति: १५:५० बजे, शनिबार, भदौ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्