Kathmandu Press

चार्ल्स तृतीय औपचारिक रुपमै बेलायती राजा घाेषित

काठमाडाैं, भदाै २५ : चार्ल्स तृतीयलाई औपचारिक रुपमा बेलायतको राजा घोषणा गरिएको छ।बेलायतमा ७० वर्षदेखि शासनमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको निधनपछि उनी र...
चार्ल्स तृतीय औपचारिक रुपमै बेलायती राजा घाेषित

काठमाडाैं, भदाै २५ : चार्ल्स तृतीयलाई औपचारिक रुपमा बेलायतको राजा घोषणा गरिएको छ।

बेलायतमा ७० वर्षदेखि शासनमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको निधनपछि उनी र प्रिन्स फिलिपका जेठा छोरा चार्ल्सलाई राजा घाेषणा गरिएकाे हाे।

बिहीबार महारानीकाे  निधनपछि उनी राजा बने पनि औपचारिक रूपमा घोषणा हुन बाँकी थियो। 

Hardik ivf

लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा जारी एक्सेसन काउन्सिल समारोहमा काउन्सिलका क्लर्कले चार्ल्स तृतीयलाई राजा घोषणा घोषणा गरेपछि दर्शकहरूले ‘गड सेभ द किङ’ भन्ने उद्घोष गरेका थिए। याेसँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन्।

चार्ल्सले एक्सेसन काउन्सिलमा राजाको रुपमा पहिलो सम्बोधनसमेत गरेका छन्।  त्यसक्रममा उनले दिवंगत आमा एलिजाबेथ द्वितीया एक प्ररणा र उदाहरणरहेको बताए। उनले आमाको निधनप्रति गहिरो दुःख व्यक्त गरे।

'म आज तपाईंहरूसँग गहिरो दुःखका साथ बोलिरहेको छु, आफ्नो जीवनभर मेरी प्यारी आमा म र मेरो सम्पूर्ण परिवारका लागि एक प्रेरणा र उदाहरण बन्नुभयो। हामी उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्नेजस्तै गरी ऋणी छौँ।’

महारानी एलिजाबेथको जीवन सार्थक रहेको उल्लेख गर्दै उनले भने, ‘महारानीले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो। जीवनभर देशको सेवा गर्ने उहाँको प्रतिबद्धता म आज तपाईँहरूका अगाडि दोहोर्‍याउन चाहन्छु।'

१९४८ नोभेम्बर १४ मा बकिंघम प्यालेसमा जन्मिएका चार्ल्स फिलिप आर्थर जर्ज सिंहासनका लागि दोस्रो पंक्तिमा थिए।

हजुरबुबा राजा जर्ज छैटौँको ६ फेब्रुअरी सन् १९५२ मा देहान्त भएपछि चार्ल्सकी आमा एलिजाबेथ द्वितीय बेलायतकी महारानी बनेकी थिइन्। त्यसपिछ चार्ल्स राजसिंहासनको उत्तराधिकारी बनेका थिए।

सन् १९५८ मा ९ वर्षकाे उमेरमा उनलाई प्रिन्स अफ वेल्सको उपाधि दिइएको थियो। त्यो उपाधि १४औं शताब्दीको सुरुवातदेखि नै उत्तराधिकारीका लागि आरक्षित गर्ने प्रचलन छ।

 

प्रकाशित मिति: १५:२४ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्