काठमाडौंका मेयर बालेन, उपमेयर सुनीतासहितकाे टाेली भक्तपुरमा
काठमाडौं, भदाै २५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह भक्तपुर पुगेका छन्।बालेन उपमेयर सुनिता डंगोललगायतकाे टाेली आज (शनिबार) भक्तपुर पुगेकाे हाे। बालेनलाई भक्तपुर...
काठमाडौं, भदाै २५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह भक्तपुर पुगेका छन्।
बालेन उपमेयर सुनिता डंगोललगायतकाे टाेली आज (शनिबार) भक्तपुर पुगेकाे हाे। बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन्। उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो।
भक्तपुर नगरपालिकाले गरिरहेको कामकारबाहीबारे बुझ्न उनी त्यहाँ पुगेको बताइएकाे छ। बालेन भक्तपुर नगरको काम कारबाहीबाट प्रभावित छन्।
उनी यसअघि स्थानीय तहको निर्वाचनको परिणाम आउँदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए।

्र


प्रकाशित मिति: १४:३५ बजे, शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











