बाढीले बगाउँदा दोधारा चाँदनीमा एक जनाको मृत्यु
महेन्द्रनगर, भदाै २५ : बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ। जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३...
महेन्द्रनगर, भदाै २५ : बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ।
जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो।
उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।
प्रकाशित मिति: १४:०३ बजे, शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











