Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा बलायरको स्वास्थ्य लाभको कामना

काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पुगी उनले बलायरको अवस्थाबारे जानकारी...
प्रधानमन्त्री देउवाद्वारा बलायरको स्वास्थ्य लाभको कामना

काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पुगी उनले बलायरको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन्। 

आज साढे ११ बजे अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सकसँग कुरा गरेको अस्पतालले जनाएको छ।

बलायर लामो समयदेखि मिर्गौलाले काम नगर्दा  पीडित हुँदै आएका छन्। दुवै मिर्गौलामा समस्या देखिएकाले  हाल उनले उक्त अस्पतालमा उपचार गराइरहेका छन्।

प्रकाशित मिति: १३:१८ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्