Kathmandu Press

अझै केही दिन वर्षा हुने

काठमाडाैं, भदाै २४ : देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ।देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन...
अझै केही दिन वर्षा हुने

काठमाडाैं, भदाै २४ : देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। 'आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ,' उनले भने। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

गए राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली तथा सुदूरपश्चिम प्रदेशलगायत थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका तथा एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस छ।

प्रकाशित मिति: १२:५४ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्