Kathmandu Press

दूतावास पुगेर प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीकाे निधनप्रति शाेक व्यक्त

काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन्।आज (शनिबार) बिहान दूतावासमा पुगेर...
दूतावास पुगेर प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीकाे निधनप्रति शाेक व्यक्त

काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

आज (शनिबार) बिहान दूतावासमा पुगेर प्रधानमन्त्री देउवाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुख व्यक्त गरेका हुन्। साथै उनले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन्। उनले शुक्रबार ट्विटरमार्फत पनि महारानीको निधनप्रति शोक व्यक्त गरेका थिए।

महारानी एलिजाबेथ द्वितीयाको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियाे। बेलायतमा सन् १९५२ मा बेलायतकाे सत्ता सम्हालेकी उनले ७० वर्ष निरन्तर शासन चलाइन्।

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्