मतदातालाई प्रकाशमानको आग्रह– हल्लाको पछाडि नलाग्नुस्, विकास गर्न सक्षमलाई भोट दिनुस्
काठमडाैं, भदाै २५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंसले निर्वाचनमा हल्लको पछाडि नलाग्न मतदातालाई आग्रह गरेका छन्। शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममा नेता...
काठमडाैं, भदाै २५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंसले निर्वाचनमा हल्लको पछाडि नलाग्न मतदातालाई आग्रह गरेका छन्। शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममा नेता सिंहले निर्वाचनमा हल्लको पछाडि नलाग्ने आग्रह गर्दैै विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई भोट हाल्नु पर्ने बताए ।
‘हाम्रो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको गरेको छ, विचार गरेर मात्रै भोट होल्नुहोस्,’ काठमाडौं निर्वाचन क्षेत्र नं. १ को पुनः उठ्ने तयारी गरेका सिंहले भने, ‘निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्नुहोस्।’
२०७४ को निर्वाचनमा सिंह तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतले मात्रै विजयी भएका थिए। मिश्रलाई नै व्यङ्ग्य गर्दै सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताए।
नेता सिंहले देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न उल्लेख गरे। उनले आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताए ।
ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देश विकास गर्ने बताए ।











