Kathmandu Press

‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन गराउन सरकार लागिपरेको छ’

निर्वाचनमा नागरिक सहभागिताले शासन प्रक्रियामा युवा र महिलाहरूको सहभागिता बढाउनुको साथै कानुनी शासनलाई समेत बलियो पार्छ।
‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन गराउन सरकार लागिपरेको छ’

काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको बताएका छन्। शनिबार कान्तिपुर कन्क्लेभलाई सम्बोन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

कार्यक्रमम देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने बताउँदै भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा युवा, महिला र विपन्न वर्गको देखिएको सहभागिताले लोकतान्त्रिक अभ्यासलाई गति दिएको उल्लेख गरे।

‘निर्वाचनमा नागरिक सहभागिताले शासन प्रक्रियामा युवा र महिलाहरूको सहभागिता बढाउनुको साथै कानुनी शासनलाई समेत बलियो पार्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचन सत्ताको शान्तिपूर्ण हस्तान्तरणको प्रक्रिया छ ।’

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण विश्वमा भू–राजनीतिक संकट, जलवायु संकटका चुनौतीहरू थपिएको बताउँदै भू–राजनीतिक तनाव, बढ्दो असमानता, आर्थिक उतारचढाव र जलवायु स‌ंकटको सामना विश्वले नै गरिरहेको बताए ।

‘अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा देखा परेकाले छ। त्यसको समाधानका लागि अनुकूलन र न्यूनीकरणमा लगानी गर्नु आवश्यक छ,’ प्रधानमन्त्री देउवाले भने, ‘जलवायु परिवर्तनसँग लड्न र स्थानीय कमजोरीहरूलाई उचित रूपमा सम्बोधन गरिएको सुनिश्चित गर्न अनुकूलन योजनाहरू निर्माण गरी लागू गरिरहेका छौं।’

यसैगरी उनले प्रतिबद्धता गरेअनुरुप जलवायु वित्तको बजेट अनुकूलन र क्षति न्यूनीकरणका आउनुपर्ने उनले बताए । उनले नेपाल जलवायु संकटको मुख्य जोखिमयुक्त क्षेत्र बनेको उल्लेख गर्दै विभिन्न समस्याबाट गुज्रिरहेको जनाए ।

प्रधानमन्त्री देउवाले नेपाली जनताले जलवायु परिवर्तनका कारण धेरै नै असर भोगिरहेको उल्लेख गर्दै सोही कारण बाढी, पहिरो र भूक्षयको दर बढेको बताए।

प्रकाशित मिति: ११:५३ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्