कोभिडविरुद्धको पूर्ण मात्राको खोप ९४ प्रतिशत लक्षित समूहले लगाएका छन् : प्रधानमन्त्री

काठमाडाैं, भदाै २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको पूर्णमात्रको खोप लक्षित समूहका ९४ प्रतिशतले लगाएको बताएका छन्। कान्तिपुर कन्क्लेभलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ९४ प्रतिशत लक्षित समूहले पूर्णमात्रको खोप लगाएको उल्लेख गदैृ ९७ प्रतिशत कम्तीमा एक डोज खोप लगएको बताए।
कोभिड–१९ को कारण ठूला र साना, विकसित र विकासोन्मुख सबै देशको संरचनागत जोखिमलाई उजागर पनि प्रधानमन्त्री देउवाले बताए । कोभिड महामारीले क्रमिक रुपमा विकास अघि बढाउने प्रयासलाई प्रभावित गरेको बताए ।
प्रधानमन्त्री देउवाले महामारीलाई सामना गर्ने र पुनःस्थापना गर्न विषय सरकारको प्राथमिकता रहेका उल्लेख गरे । उनले सरकारले आर्थिक सुधार, समाजिक सुरक्षा प्रणाली र मानिसमा लगानी बढाएको पनि बताए ।
प्रकाशित मिति: ११:३६ बजे, शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











