Kathmandu Press

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भदौ २९ गते

काठमाडौं, भदौ २५ : शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थागित गरेको...
प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भदौ २९ गते

काठमाडौं, भदौ २५ : शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थागित गरेको हो।

‘भदौ २५ गते दिनको १ बजे बस्ने गरी निर्धारिण गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवस बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली,२०७५ मो नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखले उक्त बैठक भदौ २९ गते बस्ने गरी निर्धारण गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ११:२४ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्