यू–२० एसियन कप छनोट भुटानको सामाना गर्दै नेपाल
काठमाडाैं, २५ : यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाली युवा टिमले आज भुटानको सामाना गर्दै छ। बहराइनमा हुने प्रतियोको खेल शेख अलि...
काठमाडाैं, २५ : यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाली युवा टिमले आज भुटानको सामाना गर्दै छ। बहराइनमा हुने प्रतियोको खेल शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा सहज प्रतिद्वन्द्वी परेकाले नेपालले जितसहित प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छ। नेपाल रहेको समूह बीमा भुटानसँगै बंगलादेश, कतार र बहराइन पनि छ।
छनोट हुने लक्ष्यसहित नेपाली टिम गतसाता बहराइने पुगेको थियो । प्रशिक्षक मेघराज केसीले पनि तयारी राम्रो भएकाले एसियन कपमा छनोट हुने आशा राखेको छन्। नेपालले छनोटका लागि तीन महिला प्रशिक्षण गरेको थियो।
नेपालरहेकै समूहमा एसियन फुटबलका बलियो टिम कतार र बहराइन पनि रहेकाले एसियन कपमा छनोट हुन त्यति सहज भने छैन। समूहको शीर्ष स्थानमा रहने सिधै एसियन कपमा छनोट हुने छ भने दोस्रो भए पनि छनोटको सम्भावना भने रहन्छ । समूहका चरणको दोस्रो स्थानमा रहेका १० टिम मध्ये ५ टिम छनोट हुने छन्।
छनोटमा नेपालले सोमबार कतारसँग खेल्नेछ भन् नेपालले बिहीबार बहराइनसँग खेल्ने छ। यस्तै, समूहको अन्तिम खेल आगामी आइतबार बंगलादेशसँग खेल्ने छ।











