Kathmandu Press

दार्चुला सदरमुकाममा बाढी, ११ जना बेपत्ता

दार्चुला, भदौ २५ : अविरल वर्षासँगै गएराति आएको बाढीले दार्चुला सदरमुकाम खलंगाको बंगाबगडमा क्षति पुगेको छ।महामाली नदीमा आएको बाढीले एक दर्जनभन्दा बढी घर...
दार्चुला सदरमुकाममा बाढी, ११ जना बेपत्ता

दार्चुला, भदौ २५ : अविरल वर्षासँगै गएराति आएको बाढीले दार्चुला सदरमुकाम खलंगाको बंगाबगडमा क्षति पुगेको छ।

महामाली नदीमा आएको बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ। बाढीले एक झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीमा अहिलेसम्म ११ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहा मगरले बताए। उनका अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ।

पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको उनले बताए। उनका अनुसार महाकाली नदीसँगै लास्कु खोलामा बाढी आएको हो।

लास्कु खोलाको बाढीले बढी क्षति गरेको जनाइउको छ। यससँगै महाकाली नदीले पनि कटान गरिरहेको छ।

 

प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्