Kathmandu Press

बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २५ : मनसुनी वायुको प्रभावले आज बागमती र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार...
बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २५ : मनसुनी वायुको प्रभावले आज बागमती र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ। जसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको आकलन छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा आज राति पनि मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०६:३२ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्