Kathmandu Press

सडकको क्षेत्राधिकारभित्र राखिएका सामग्री हटाउन बुटवल उपमहानगरको आग्रह

रूपन्देही, भदाै २४ : बुटवल उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका सबै सामग्री हटाउन आग्रह गरेको छ ।उपमहानगरपालिकाले आज सूचना जारी गरेर सडकको क्षेत्राधिकार, सडक...
सडकको क्षेत्राधिकारभित्र राखिएका सामग्री हटाउन बुटवल उपमहानगरको आग्रह

रूपन्देही, भदाै २४ : बुटवल उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका सबै सामग्री हटाउन आग्रह गरेको छ ।

उपमहानगरपालिकाले आज सूचना जारी गरेर सडकको क्षेत्राधिकार, सडक पेटी चोक, चौराहमा अव्यवस्थितरुपमा रहेका ठेला, टङ्की, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कशपलगायतका सामान हटाउन आग्रह गरेको हो ।

बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्न योग्य बुटवल सहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकसमेतमा रहेका सामग्री तीन दिनभित्रै  हटाउन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्