थप १५२ जनामा कोरोना संक्रमण, दुईको मृत्यु
काठमाडौं, भदौ २४ : नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परिक्षणका...
काठमाडौं, भदौ २४ : नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परिक्षणका क्रममा १ सय १० जना र २ हजार १ सय ८ पिसिआर परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८४ हजार ८२ जना कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा २ हजार ४ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











