Kathmandu Press

जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

काठमाडौं, भदौ २४ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा...
जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

काठमाडौं, भदौ २४ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । 

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताए।

उनले भने, ‘स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन।’ उनले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिए । एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उनले स्पष्ट पारे। 
    
निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उनले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्