Kathmandu Press

व्यापार घाटा न्युनिकरण गर्न राज्य गम्भीर भएन : खनाल  

काठमाडौं, भदौ २४ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्युनिकरण गर्न राज्यका बिभिन्न तहमा बसेका व्यक्तिहरु गम्भीर हुन नसकेको...
व्यापार घाटा न्युनिकरण गर्न राज्य गम्भीर भएन : खनाल  
फाइल तस्बिर

काठमाडौं, भदौ २४ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्युनिकरण गर्न राज्यका बिभिन्न तहमा बसेका व्यक्तिहरु गम्भीर हुन नसकेको बताए ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौति गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भएपनि राज्यको ध्यान जान नसकेको बताएका हुन्। उनले धेरै कमिशन खोज्ने व्यक्तिहरु नै सरकारमा पुग्ने गरेकाले मुलुकको बिकास रोकिएको र मुलुकलाई  आत्मनिर्भर तर्फ पुराउने काम अवरुद्ध भएको बताए। 

आफ्नो मात्र लाभ खोज्ने नेताहरु धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाई छ । उहाले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र बिकास गर्ने आधार रहेको भएपनि त्यसलाई बिकसित र आधुनिकिकरण गर्न नसकिएको जिकिर गरे। 

नेता खनालले कृषि अर्थतन्त्रका लागि कृषि क्रान्तिको कार्यक्रम जनताले खोजेको भएपनि यसमा प्रमुख भनिएका दल र सरकार नै उदाशिन रहेको जिकिर गरे।

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्