Kathmandu Press

नेपाल टि–२० लिगको मेन्टर बने महान क्रिकेटर ब्रेट ली

काठमाडौं, भदौ २४ : महान क्रिकेटर ब्रेट ली नेपाल टि–२० लिगको मेन्टर बनेका छन्। शुक्रबार एक कार्यक्रम गदैृ आयोजक क्यानले अस्ट्रेलिया पूर्वक्रिकेटर लीलाई मेन्टर...
नेपाल टि–२० लिगको मेन्टर बने महान क्रिकेटर ब्रेट ली

काठमाडौं, भदौ २४ : महान क्रिकेटर ब्रेट ली नेपाल टि–२० लिगको मेन्टर बनेका छन्। शुक्रबार एक कार्यक्रम गर्दै आयोजक क्यानले अस्ट्रेलिया पूर्वक्रिकेटर लीलाई मेन्टर नियुक्त गरेको हो।

अस्ट्रेलियाका लागि ७६ टेस्ट, २२१ एकदिवसीय र २५ टि–२० खेलको तिब्र गतिका बलर ली बिहीबार साँझ नेपाल आएका थिए । 

कार्यक्रममा लीले नेपाल आउँदा खुसी लागेको बताउँदै क्रिकेट क्रेज राम्रो भएको बताए । उनले भने, ‘नेपाल टि–२० लिगको मेन्टर बन्न पाउँदा खुसी छु। यहाँको क्रिकेट क्रेज धेरै रहेछ, मन पर्यो ।’ 

लीले पाहुना सत्कारको संस्कृति पनि मन परेको बताएका छन्। उनले नेपालको छोटो यात्रा सफल भएको बताएका छन्। 

असोज दोस्रो सातादेखि हुने लिगमा पोखरा एभेन्जर्स, फारवेस्टर्न युनाइटेड, क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स गरी ६ टिम सहभागी हुने छन्। 

सहभागी टिमले अक्सनमार्फत खेलाडी टिममा लिने छन्। क्यानले खेलाडीलाई तीन क्याटेगोरीमा विभाजन गरेको छ। अक्सनमा पहिलो श्रेणीका खेलाडीले १५ लाख, दोस्रो श्रेणीकाले १० र तेस्रो श्रेणीका खेलाडीले ५ लाख रुपैयाँ पाउने छन्।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्