Kathmandu Press

प्रधानमन्त्री देउवा चितवनमा

प्रधानमन्त्री देउवा चितवनमा

काठमाडौं, भदौ २४ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन् । 
    
नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन् । 

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी  चितवन पुगेका हुन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । 

उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन पुगेका छन् । 

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्