Kathmandu Press

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : सिंह

काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन्।शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण...
नाराले मात्रै विकासको सपना पूरा हुँदैन : सिंह

काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन्।

शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताएको हो।

उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गरे। नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी गरे। उनले समूदायमा काम गर्दा पारदर्शी रुपले गर्नुपर्ने धारणा राखे।

नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो । 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्