Kathmandu Press

सिट बाँडफाँटमा समस्या छैन, आज टुंगो लगाउछौं : प्रचण्ड 

काठमाडौं, भदौ २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज लाग्ने बताएका छन् । शुक्रबार कास्कीमा प्रेस सेन्टरले आयोजना...
सिट बाँडफाँटमा समस्या छैन, आज टुंगो लगाउछौं : प्रचण्ड 
फाइल तस्बिर

काठमाडौं, भदौ २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँटको टुंगो आज लाग्ने बताएका छन् । 

शुक्रबार कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनका आजै अपराह्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाउने बताएका हुन् । 

उनले सिट बाँडफाँटमा जटिल समस्या पैदा नभएको पनि बताएका छन् । बिहीबार नै टुंगो लगाउने भनिएपनि नेताहरु अन्यत्र कार्यक्रममा सहभागी हुनुपर्ने भएका कारण बैठक बस्न नसकेको उनले बताए । ‘आज दिउँसो तीन बजे शीर्ष तहका नेताहरु बसेर टुंगो लगाउँछौं,’ उनले भने । 

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको उद्धेश्यका लागि गठबन्धन बनेको कुरा सर्वविदीतै रहेको बताउँदै प्रचण्डले सो उद्धेश्य अहिले पनि आवश्यक रहेको बताए । 

प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्