सन्दीपले भने- कानुन सबैका लागि समान हुने विश्वास छ
लामिछानेले ट्विटमार्फत आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको र कानुन मान्दै सबै कुराको सामना गर्ने लामिछानेले ट्विटमार्फत जानकारी गराएका हुन् ।
काठमाडौं, भदौ २४ : बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले कानुन मान्ने बताएका छन् ।
लामिछानेले ट्विटमार्फत आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको र कानुन मान्दै सबै कुराको सामना गर्ने लामिछानेले ट्विटमार्फत जानकारी गराएका हुन् ।
उनले निष्पक्ष छानबिन हुने विश्वास गर्दै कानुन सबैका लागि समान हुने पनि बताएका छन् । बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिसकेको छ । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
१७ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफूमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार