Kathmandu Press

बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन

महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो।
बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन

काठमाडाैं, भदाै २३ : बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ। महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षकाे उमेरमा निधन भएको हो।

बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ।

सन् १९५२ मा शासन सम्हालेकी उनले बेलायतका ठूला सामाजिक परिवर्तनको साक्षी बनेकी छन्।

एलिजावेथ १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्। १९५२ मा बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनेकी थिइन्। एलिजावेथको १९४७ मा राजकुमार फिलिपसँग विवाह भएको थियो ।

एलिजावेथको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने र करिब १० दिनपछि अन्तिम संस्कार गरिनेछ।

 

 

प्रकाशित मिति: २३:४५ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्