Kathmandu Press

कार्यदलले बुझायो प्रतिवेदन, सिट बाँडफाँटको टुंगो शीर्ष नेताले लगाउने 

काठमाडौं, भदौ २३ : मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको...
कार्यदलले बुझायो प्रतिवेदन, सिट बाँडफाँटको टुंगो शीर्ष नेताले लगाउने 

काठमाडौं, भदौ २३ : मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार साँझ बालुवाटारमा कार्यदलले शीर्ष नेतृत्वलाई आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको हो ।

अब उक्त प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । 

प्रकाशित मिति: २०:२७ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्