Kathmandu Press

राष्ट्रिय टिमबाट निलम्बनमा परे सन्दीप 

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि निलम्बन गरेको क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले बिज्ञप्तिमार्फत जानकारी गराएका हुन् । 
राष्ट्रिय टिमबाट निलम्बनमा परे सन्दीप 

काठमाडौं, भदौ २३  : राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि निलम्बन गरेको क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले बिज्ञप्तिमार्फत जानकारी गराएका हुन् । 

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भईसकेकोले क्यानको कार्यसम्पादन समितिको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको मल्लले बताएका छन् । यसअघि बुधबार क्यानको बैठकले सन्दीपलाई तत्काल कुनै कारवाही नगर्ने तर प्रहरी अनुसन्धानमा सहयोग पुर्‍याउने जनाएको थियो ।

यस सम्बन्धमा अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद्ले चासो व्यक्त गरेपछि यस्तो निर्णय गरेको बुझिएको छ । सन्दीपविरूद्ध मंगलबार एक नाबालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति मागेको थियो । सोही अनुसार अदालतले बिहीबार अनुमति समेत दिईसकेको छ ।

प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक अनुसन्धान जारी राखेको छ । पीडित किशोरीले सन्दीपले आफूलाई दिनभरी नगरकोट घुमाएको र राती काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको बताएकी छन् ।

प्रहरीले काठमाडौं र नगरकोटको होटलका सिसीटिभी फुटेज संकलन गरिसकेको छ ।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्