मुलुकको हितमा दीर्घकालीन नीति स्थापित गर्न गठबन्धन आवश्यक : झाँक्री

काठमाडाैं, चैत २३ : नेकपा एकीकृत समाजावादीकी सचिव रामकुमारी झाँक्रीले मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेन्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बाेल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जीत हासिल गर्नुपर्नेसमेत बताए।
उनले एमालेले ल्याएका पानी जहाज,रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउदै देशको विकास,सम्वृद्धिलाई सर्वोपरि ठान्ने नेतालाई जनताले मत दिने जिकिर गरिन्। विकास समृद्धि लागि विश्वका थुपै मुलुकहरूले पनि गठबन्धन प्रक्रिया अँगालेको भन्दै उनले बताइन्।
साक्षात्कारमा कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेर कर्तव्यच्यूत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गरिन्।











