Kathmandu Press

कलाकार अपूर्व क्षितिज तारेखमा रिहा 

काठमाडौं, भदौ २३ : स्ट्यान्डअप कमेडियन अपूर्व क्षिति सिंह रिहा भएका छन् । कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको हो...
कलाकार अपूर्व क्षितिज तारेखमा रिहा 

काठमाडौं, भदौ २३ : स्ट्यान्डअप कमेडियन अपूर्व क्षिति सिंह रिहा भएका छन् । 

कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको हो ।  

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अपूर्वर्लाइ उपचार गर्न र पछि उपस्थित हुने गरी रिहा गरिएको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गर्दै अपूर्वविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

 नेवार समुदायको भावनामा आँच पुर्‍याएको अभियोगमा उनी १२ भदौमा पक्राउ परेका थिए । 


 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्