Kathmandu Press

सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर तिर्न काठमाडौं महानगरको पत्र 

 नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो।
सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर तिर्न काठमाडौं महानगरको पत्र 

काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई बहाल कर बुझाउन ताकेता गरेको छ । बिहीबार महानगरपालिकाले सेना, प्रहरी र समाजकल्याण परिषद्लाई पत्र लेखी १० दिनभित्र घरबहाल कर बुझाउन आग्रह गरेको हो । 

 नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो।

बहाल कर बुझाउन पटकपटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको हुँदा तहाँको बहाल आम्दानीको विवरण सहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सोको जरिवाना सहित बुझाउनुहुन अनुरोध छ,’ महानगरले पठाएको पत्रमा भनिएको छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ।

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्