Kathmandu Press

ओलीको क्षेत्रमा माओवादीबाट रञ्जित तामाङसहित चारजना सिफारिस 

काठमाडौं, भदौ २३ : नेकपा माओवादी केन्द्रले झापा निर्वाचन क्षेत्रनम्बर ५ बाट पाँच जना सिफारिस भएका छन् ।  प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र...
ओलीको क्षेत्रमा माओवादीबाट रञ्जित तामाङसहित चारजना सिफारिस 

काठमाडौं, भदौ २३ : नेकपा माओवादी केन्द्रले झापा निर्वाचन क्षेत्रनम्बर ५ बाट पाँच जना सिफारिस भएका छन् ।  

प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरु सिफारिस गरेको हो । 

प्रत्यक्ष तर्फ झापा क्षेत्र नम्बर ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन्। 

यसैगरी प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ । 

प्रदेश सभामा क्षेत्र नम्बर ५ (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् । क्षेत्र नम्बर ५ (ख)का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । 

समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ । झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । 

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्