Kathmandu Press

मुकुलभर थप २२७ जनामा कोरोना संक्रमण, एकको मृत्यु 

मुकुलभर थप २२७ जनामा कोरोना संक्रमण, एकको मृत्यु 

काठमाडौं, भदौ २३ : मुलुकभर बितेको चौबिस घन्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ जनामा परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो चौबिस घन्टामा १ हजार ५१८ जनामा पीसीआर परीक्षण गर्दा १३७ र २ हजार ८८३ जनामा एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १६८ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या २ हजार ४७३ रहेको छ। 
 

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्