Kathmandu Press

चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

काठमाडाैं, भदाै २३ : राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई शपथ...
चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

काठमाडाैं, भदाै २३ : राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई शपथ खुवाएका हुन्।

चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरुलाई निर्विरोध सभापति चयन गरेको थियो।

जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) ले शपथ लिएका हुन्। 

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्