इंग्लिस प्रिमियर लिग : म्यानचेस्टरले बर्नलीलाई ४–१ ले हरायो
एजेन्सी, मंसिर १८ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ।
लिग अन्तर्ग....

एजेन्सी, मंसिर १८ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ।
लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा बर्नलीलाई ४–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी पुनः दोस्रो स्थानमा फर्किएको छ । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्दै जित आफ्नो पोल्टामा पारेको हो । म्यानचेस्टरका लागि गाब्रिएल जिससले २४ र ५० औँ मिनेटमा गरी दुई गोल गरे ।
यस्तै ६८ औँ मिनेटमा रोड्री तथा ८७ औँ मिनेटमा रियाद महरेजले गोल गरे । बर्नलीका लागि ब्राडीले ८९ औँ मिनेटमा एक गोल फर्काएका हुन् । जितपछि दोस्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीको १५ खेलबाट ३२ अंक भएको छ ।
एक खेल कम खेलेको लेस्टर सिटी तेस्रो स्थानमा झरेको छ र उसको पनि ३२ अंक नै छ । मंगलबार राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई १–० ले पराजित गरेको क्रिष्टल प्यालेस १५ खेलबाट २१ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।











