क्यानका अध्यक्ष चन्द भन्छन्– एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिइँदैन

काठमाडौं, भदौ २३ : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कुनै एक व्यक्तिका कारण सम्पूर्ण क्रिकेटमा असर पर्न दिन नहुने बताएका छन् ।
बिहीबार किर्तिपुरस्थीत टियु मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा चन्दले क्रिकेट सामूहिक खेल भएकाले कुनै व्यक्तिमा पर्ने घटना परिघटनाले क्रिकेटमा बाधा पर्न नहुने बताएका हुन् ।
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामेछानेविरु नाबालिगमाथि जबरजस्तीकरण गरेको भन्दै जाहेरी दर्ता भएपछि अध्यक्ष चन्दले यस्तो बताएका हुन् । त्यस्तै चन्दले क्रिकेट पूर्वाधारको बिकासका लागि सरकारले धेरै सहयोग गरेको बताए ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको हो । बिहीबार काठमाडौंमा प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदमन्त्री महेश्वर गहतराजले ठूला अन्तराष्ट्रिय प्रतियोगीता नेपालमा नै गर्न सक्ने आधार तयार भइरहेको र यसले नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन मद्धत पुग्ने बताए ।
फाप्ला क्रिकेट मैदान र गौतमबुद्ध क्रिकेट मैदानलाई सम्पन्न गरेर केहि बर्षमा नै सवै भन्दा धेरै लगानी क्रिकेट क्षेत्रमा भएको देखिने उहाले बताउनुभयो । मन्त्री गहतराले नेपालमा हुने आन्तरिक प्रतियोगीताले बलियो राष्ट्रिय टिम निर्माण हुने विश्वास व्यक्त गरे ।











