प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट उम्मेदवार सिफारिस
काठमाडौं, भदौ २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन् । माओवादी...
काठमाडौं, भदौ २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन् ।
माओवादी केन्द्र सल्यानको बैठकले प्रतिनिधि सभा सदस्यका लागि मल्ल र टेकबहादुर बस्नेतलाई सिफारिस गरेको हो । बस्नेत यसअघि पनि सल्यानबाटै निर्वाचित भएका थिए ।
मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । माओवादी केन्द्रले यसटक २५ प्रतिशत युवाहरुलाई उम्मेदवार बनाउने नीति लिएको छ । सोही अनुसार प्रत्यक्षतर्फ युवाहरु सिफारिस भइरहेका छन् ।
संघीय क्षेत्रकै लागि समानुपातिकमा कमल विक, दिलमाया बुढामगर र रत्नवबहादुर वली सिफारिस भएका छन् । प्रदेशसभा ‘क’ तर्फ भीमप्रकाश शर्मा र प्रदेशसभा ‘ख’ तर्फ चित्रबहादुर केसी सिफारिस भएका छन् ।
प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











