Kathmandu Press

रुकुम पूर्वमा माओवादीबाट पूर्वमन्त्री श्रीपालीसहित पाँचजना सिफारिस 

काठमाडौं, भदौ २३ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  नेकपा माओवादी केन्द्रले रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ...
रुकुम पूर्वमा माओवादीबाट पूर्वमन्त्री श्रीपालीसहित पाँचजना सिफारिस 

काठमाडौं, भदौ २३ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  नेकपा माओवादी केन्द्रले रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । बुधबार क्षेत्रीय समितिले प्रदेश र प्रतिनिधि सभातर्फका उम्मेदवार सिफारिस गरेको हो । 

समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । पूर्व खेलकुद मन्त्री रहेका दलजीत श्रीपाली, गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका र जुनकुमार रोकालाई उम्मेदवार सिफारिस गरेको हो ।  समानुपातिक तर्फ जगत घर्ती र सुवोध श्रीपाली सिफारिस भएका छन् । 

प्रदेश सभा (क) को प्रत्यक्षतर्फ तेजबहादुर वली, रामसुर बुढामगर, जीताराम कामी, भीमकुमारी पुनमगर, संगम रोकामगर, ओमकुमारी शाही, कालिप्रसाद रोकामगर र तारक पुनलाई सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख)को प्रत्यक्ष तर्फ कुमारी बराल, लालबहादुर विष्ट, धनमान पुनमगर, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस भएको छ ।

प्रदेश सभा समानुपातिकतर्फ दिलु बुढामगर, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भुलबहादुर विकको नाम सिफारिस गरिएको  

प्रकाशित मिति: ११:१७ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्