Kathmandu Press

काठमाडौं महानगरले नियम विपरीतका पर्खाल पनि हटाउने

काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिकाले नियम विपरीत निर्माण भएका पर्खाल पनि हटाउने भएको छ।महानगरले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल...
काठमाडौं महानगरले नियम विपरीतका पर्खाल पनि हटाउने

काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिकाले नियम विपरीत निर्माण भएका पर्खाल पनि हटाउने भएको छ।

महानगरले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएका पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

मापदण्डले कम्पाउन्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार पर्खाल बनाउन महानगरले आग्रह गरेको छ। यससँगै नक्सा पास नगरि निर्माण गरिएका पर्खाल ३५ दिनभित्र हटाउन महानगरले सूचना जारी गरेको छ।

यसअघि नक्सा अनुसार निर्माण नभएका संरचना हटाउन पनि ३५ दिने सूचना जारी गरेको थियो। त्यसपछि डोजर लगाएर संरचना हटाइएको थियो।

अब नक्सा विना निर्माण गरिएका, सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका पर्खाल पनि महानगरले हटाउने भएको छ। महानगरले ३५ दिनभित्र घरधनी आफैले नियम विपरीतका पर्खाल नहटाए महानगरले हटाउने जनाएको छ।

unn.prixa.net

 

प्रकाशित मिति: ०८:५२ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्