Kathmandu Press

कुङ फू खेल्ने भिक्षुणीहरू

उनीहरू बिहान उठेर प्रार्थना गर्छन्। मन्त्र जप्छन्। अनि तरबार चलाउने तालिम गर्छन्। फ्यानहरूसँग पनि लड्छन्। उनीहरू हुन्  हिमालयका कुङ फू भिक्षुणीहरू। 

<....
कुङ फू खेल्ने भिक्षुणीहरू

उनीहरू बिहान उठेर प्रार्थना गर्छन्। मन्त्र जप्छन्। अनि तरबार चलाउने तालिम गर्छन्। फ्यानहरूसँग पनि लड्छन्। उनीहरू हुन्  हिमालयका कुङ फू भिक्षुणीहरू। 

मार्शल आर्टको सीप प्रयोग गरेर पितृसत्तात्मक समाजमा महिलाको भूमिकासम्बन्धी “स्टिरियोटाइप” लाई चुनौती दिइरहेका छन्।

“हिमालयमा बालिकालाई कहिल्यै समान व्यवहार गरिँदैन। उनीहरूलाई समान अवसर दिइँदैन। त्यसैले हामी बालिकाहरूलाई जोड दिन चाहन्छौं,” २५ वर्षीया जिग्मे कोन्चोक ल्हामोले भनिन्, “हाम्रो आत्मविश्वास बढेको अनुभव हुन्छ। हामी शारीरिक र मानसिक रूपमा बलियो अनुभव गर्छौं। त्यसैले लैङ्गिक समानताको पक्षमा अघि बढ्न कुङ फूले हामीलाई सहयोग गरेको छ। अन्य बालिकाका लागि पनि उदाहरण होस् भनेर हामी कुङ फू खेलिरहेका छौं।”

Hardik ivf

उनीहरू ड्रक अमिताभ माउन्टेन नन्नरीका भिक्षुणी हुन्। त्यहाँ उनीहरूजस्ता आठ सय जना बस्छन्। उनीहरू तिब्बती बौद्ध धर्मको शताब्दीयौं पुरानो ड्रुक्पा स्कूल अन्तर्गत पर्दछन्।

सन् २००८ ताका बौद्ध धर्ममा लैङ्गिक समानता ल्याउने मिसन स्वरूप गुरू ग्यालवाङ ड्रुक्पाले उनीहरूलाई कुङ फू सिक्न तथा महिला र बालिकालाई आफू बसेको गुम्बाभन्दा बाहिर जान नपाउने, प्रार्थनाको नेतृत्व गर्न वापूर्ण रूपमा दीक्षित हुन नपाउनेजस्ता परम्परागत मुल्यमान्यताविरूद्ध लड्न प्रोत्साहित गरे।

उनीहरूको लडाइँको कौशलबाट उत्साहित भएर भिक्षुणीहरू दक्षिण एसियाभरि घुमे। आत्मरक्षाको कक्षा सञ्चालन गर्नुका साथै महिलाविरूद्ध हुने हिंसाविरूद्ध विरलै उजुरी पर्ने क्षेत्रमा मानव बेचबिखनबारे सचेतना प्रवर्द्धन गरे। दुर्गम समुदायसम्म पुग्नलाई उनीहरू पहाडको कठिन यात्रा र साइकल अभियान पनि गर्छन्।

हालै मात्र उनीहरूले तीन महिना लगाएर आठ हजार तीन सय ७० किलोमिटर लामो “शान्तिका लागि साइकल यात्रा” सम्पन्न गरेका छन्। नेपालदेखि उत्तर भारतको लदाखका हिमालसम्म उनीहरूले साइकल चलाए। बाटोमा विभिन्न गाउँमा पुगेर लैङ्गिक समाना र सशक्तिकरणको सन्देश फैलाए।

बालिकालाई उत्प्रेरित गर्न गुम्बाले गरेको प्रयासका लागि न्यूयोर्कमा अन्तर्राष्ट्रिय पुरस्कार पाएपछि नोभेम्बरको सुरूमा ल्हामो नयाँ दिल्लीमा थिइन्। परिवारको मञ्जुरी नभए पनि उनी १२ वर्षकै उमेरमा भिक्षुणी बनिन्।

“सुरूमा धेरै आलोचना भयो। मानिसहरूलाई यो मनपरेको थिएन किनभने हामीले नियम तोडिरहेका थियौं,” ल्हामोले भनिन्। 

अन्य भिक्षुणी साथीहरूसँग मिलेर उनले कुङ फू कौशल प्रदर्शन गर्छिन्। उनीहरू फुर्का भएको तरबार घुमाउँछन्। चिनियाँ शैलीको पङ्खा हल्लाउँछन्। यसलाई लडाइँको समयमा सङ्केत दिनलाई प्रयोग गरिन्छ। 

तर अब त्यही ठाउँ फर्किएर जाँदा, राम्रो प्रतिक्रिया पाउँछन्। उनीहरू हामीलाई विद्यालयमा बोलाउँछन्। बालकलाई पछि र बालिकालाई अघि राख्छन्। बालिकालाई पनि प्रश्न सोध्ने समान अवसर दिन्छन्। उनीहरू हामीसँग कुराकानी गर्छन्।
 

प्रकाशित मिति: ०७:४१ बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्