न्यून चापीय रेखा दक्षिणतिर, कस्तो छ आजको मौसम?
काठमाडौं, भदौ २३ : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार...
काठमाडौं, भदौ २३ : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ। जसले गर्दा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ।
त्यस्तै, अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।











