Kathmandu Press

सिट बाँडफाँट कार्यदलले तयार पार्‍यो प्रतिवेदन, बिहिबार नेतृत्वलाई बुझाइने

प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर बिहिबार शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
सिट बाँडफाँट कार्यदलले तयार पार्‍यो प्रतिवेदन, बिहिबार नेतृत्वलाई बुझाइने

काठमाडौं, भदौं २२ : सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर बिहिबार शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

सिट बाँडफाँट करिब–करिब टुंगिएको बताउँदै उनले भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । कार्यदलको बैठकबाट प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने उनले बताए ।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्