Kathmandu Press

उच्चस्तरीय बैठक : डेङ्गु नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने

उच्चस्तरीय बैठक : डेङ्गु नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने

काठमाडाैं, भदाै २२ : डेङ्गुको सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ। आज मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच भएको उच्चस्तरीय बैठकले डेङ्गुको सङ्क्रमणको प्रकोप रोकथाम र नियन्त्रण गर्ने विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले डेङ्गुको नियन्त्रणका लागि प्रदेश र स्थानीय तह सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिए।

बैठकले डेङ्गु सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्रता बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्यदृश्य सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसारको व्यवस्था मिलाउने, रोग रोकथाम र नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङ्गटोन बनाइ प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने र रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।

प्रकाशित मिति: २०:०५ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्