Kathmandu Press

नायिका ऋचा शर्माको बिहे मंसिर २१ मा 

काठमाडाैं, मंसिर १७ : नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन्।

ऋचा ललितपुरको लविम मलका म्यानेजर दिपेक्षजंग राणासँग बिहे बन्धनमा बा....

नायिका ऋचा शर्माको बिहे मंसिर २१ मा 

काठमाडाैं, मंसिर १७ : नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन्।

ऋचा ललितपुरको लविम मलका म्यानेजर दिपेक्षजंग राणासँग बिहे बन्धनमा बाँधिन लागेकी हुन्। उनले आफ्नो विवाह मंसिर २१ गते हुने पनि जानकारी फेसबुकमार्फत दिएकी छिन्।

लामो समयदेखि दिपेक्षजंगको प्रेममा रहेकी ऋचाले आफूलाई माया दर्शाउने सबैलाई धन्यवाद दिएकी छिन्।  ‘तपाईंले हामीलाई वर्षभर दिनुभएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ। हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आर्शिवादको आशा गर्दछौं,’ उनले भनेकी छिन्।

केही समय यता उनले साथीहरुसँग ब्याचलर पार्टी मनाएका तस्वीरहरू पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।


 

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, मंसिर १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्