कलाकार अपूर्व क्षितिजलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, भदौ २२ : कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।बुधबार जिल्ला अदालत काठमाडौंले कलाकार सिंहलाई...
काठमाडौं, भदौ २२ : कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंले कलाकार सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।
१० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरेको हो।
प्रकाशित मिति: १६:५४ बजे, बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











