थप २३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, भदाै २२ : नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका...
काठमाडाैं, भदाै २२ : नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टlजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ।
प्रकाशित मिति: १६:४५ बजे, बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











